`

सुनको मुल्य हालसम्मकै उच्च

Nepal One HD १२ कार्तिक २०८० १२:०५
अर्थ समाचार

काठमाडौ– सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो । यसअघि कात्तिक १० गते छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ भने तोलाको १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको बढ्दो विनिमय दर नै सुनको भाउ बढ्नुको कारण मानिएको छ ।

लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित हुँदा मागमा चाप परेपछि अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।


प्रतिक्रिया