`

अवैध रुपमा ल्याइएका सामाग्रीले बजार प्रभावित बन्यो–मन्त्री भुसाल

Nepal One HD १४ कार्तिक २०८० १५:२७
अर्थ समाचार

ललितपूर– कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले भारतीय नाकाबाट अवैधानिक रुपमा आयातलाई सवै मिलेर नियन्त्रण गर्नुपर्नेमा जोड दिउका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा मंगलबारबाट ललितपुरमा सुरु भएको गोदावरी फूलको १६ औं प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन समारोहमा मन्त्री भुसालले अवैधानिक रुपमा आयात गरिएका बस्तुहरुलाई नेपालको बजारलाई प्रभावित पारिरहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताएका हुन् ।

अनुमति दिएका बाहेकलाई क्यारेन्टाइनमा नै रोक्न निर्देशन दिएपनि खुला नाका भएकाले कहिँकतै चुहावट देखिएको उनले बताए । मन्त्री भुसालले बाँझो जमिन सामुहिक खेती गर्ने सरकारको नीति नै रहेकाले फूल लगाएतका अन्य कृषि बस्तुहरुको उत्पादनमा जोड दिनुपर्ने जिकिर गरे ।

५ दिनसम्म चल्ने मेलामा व्यवसायीक स्टल ५५, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक पाँच गरी ६२ स्टल रहेका छन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने अयोजकले जनाएको छ ।


प्रतिक्रिया