सेयरबजारमा दोहोरो अंको गिरावट


काठमाडौ– सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से १४ दशमलव २९ अंकले घटेर १ हजार आठ सय ६४ दशमलव ४० बिन्दुमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह एक दशमलव ४६ र लघुवित्त समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतले गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक करोड ७० लाख ११ हजार चार सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने प्रभु स्मार्ट फन्डको सबैभन्दा धेरै एक लाख १७ हजार तीन सय कित्ता शेयर किनबेच भएको छ ।