`

आरोहणका लागि सबै हिमाल खुला गर्न राष्ट्रपति पौडेलको सरकारसंग आग्रह

Nepal One HD १५ कार्तिक २०८० १५:०६
अर्थ समाचार

काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनिकरणका लािग गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालका हिमाल र हिमाली क्षेत्रमा निकै असर परेको भन्दै असर न्यूनिकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताएका हुन् ।

नेपाल कार्वन उत्सर्जनको कारक नहुदा पनि जलवायु परिवर्तनको मारमा परेको विषयलाई संयुक्त राष्ट्रसंघका महासचिवले विश्वसामु उजागर गर्ने बनाउनु सन्तोषको बिषय भएको उनको भनाइ छ । राष्ट्रपति पौडेलले अहिले बिभिन्न २७ हिमाल आरोहणका लागि अनुमति दिइएको अवस्थामा अन्य हिमालहरुलाई पनि आरोहण अनुमति दिदै पर्यटन प्रवद्र्धनमा लाग्न सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।

उनले पर्वतीय पर्यटनको विकास र प्रर्वद्धनका लागि आवश्यक काम गर्न सरकारलाई सुझाव दिए । त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सेतो हिमालको कथालाई विश्वसामु चिनाउनका लागि पूर्खाहरुले बलिदान गरेको बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उनले विश्व बजार नयाँ ढंगले प्रचार गर्न सके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गरे । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिएको र अव यस बिषयमा विश्वको ध्यानाकर्षित गराउनुपर्नेमा उनको जोड छ ।


प्रतिक्रिया