`

सेयरबजारमा दोहोरो अंकको गिरावट

Nepal One HD १९ कार्तिक २०८० १६:४५
अर्थ समाचार

काठमाडौ– सेयरबजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २१ दशमलब ४६ अंकले घटेर १८ सय २६ दशमलब २३ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ ।

आज सेयरबजारमा २८९ कंपनीका सेयर कारोबार भएका छन् । कुल ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर ३९ हजार ३२२ कारोबारबाट ९७ करोड २३ लाख ६७ हजार रुपैयाामा किनबेच भएको छ । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटक समूहका सूचक सकारात्मक छन् । बाँकी सबै समूहका सूचकमा गिरावट आएको छ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटेल तथा मायाँ खोला हाइड्रोपावर कंपनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने हिमालय लघुवित्त वित्तिय संस्था, बाराही हाइड्रोपावर तथा युनाइटेड यदिमार्दी आर वी हाइड्रोपावर कंपनीका सेयरधनी छन् ।


प्रतिक्रिया