`

राजनीतिक दलले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न सकेनन् : कोइराला

Nepal One HD ७ मंसिर २०८० ७:०७
राजनीति

सुन्दरहरैंचा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टी भित्रका चुनौती र द्वन्द्व अन्त्य गरेर लोकतान्त्रिक पद्धतिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा बुधबार आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक दलले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न नसकेकामा चिन्ता व्यक्त गरे ।सरकारले सुशासन कायम गर्न नसक्दा विकृतिले प्रश्रय पाएको उल्लेख गर्दै नेता कोइरालाले भ्रष्ट्राचारमुक्त समाज निर्माणका लागि सबैको सहयोग आवश्यक भएको बताए ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार चलाउन कसैसँग सम्झौता नगर्ने उल्लेख गरे । सरकारले पार्टीको शिर ठाडो हुने गरी काम गर्ने उनले बताए ।सम्मेलनमा जिल्लाभरका तीन हजार पाँचसय बढी प्रतिनिधिको सहभागिता रहको पार्टीका जिल्ला सचिव ललित श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया