`

प्रसाईंको नेतृत्वमा रहेको महाअभियानले काठमाडौँका यी सात स्थानबाट जुलुस निकाल्दै

Nepal One HD ७ मंसिर २०८० ८:२९
राजनीति

काठमाडौं । आज मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले काठमाडौंमा प्रदर्शन गर्दैछ। प्रसाईंको नेतृत्वमा रहेको महाअभियानले काठमाडौंको बल्खुमा कार्यक्रम गर्न लागेका हो । यस अभियानले आज काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्ने जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने र प्रदर्शन शुरु गरिने जनाइएको छ ।

प्रसाई नेतृत्वको महाअभियानसँगै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पनि आज नै प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा प्रदर्शन गर्न रोक लगाएको छ ।


प्रतिक्रिया