`

सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिकोत्सव

Nepal One HD १४ कार्तिक २०८० १७:०४
अर्थ समाचार

काठमाडौ– सांग्रिला डेभलपमेन्ट बैंकले १९ औं वार्षिकोत्सव मनाएको छ । बैंकले बिहान काठमाडौं महानगरपालिक वडा ४ टुँडालदेवी मन्दिर परिसर सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको हो । मन्दिर परिसर सरसफाइपश्चात आयोजित कार्यक्रममा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई २ लाख रूपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

सहयोग रकम ग्रहण गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गरिन ।

साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौं र नेपालगन्ज कार्यालयमा गरी जम्मा एक सय ३२ जनाले रक्तदान गरेका छन् । ।बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले बैंकको वार्षिकोत्सवले थप ऊर्जा प्रदान गरेको र आगामी दिनमा थप मिहिनेतका साथ बैंकलाई उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया