आज दिनभरको मौसम कस्तो रहला ?

समाज

काठमाडौं – शुक्रबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।उच्च पहाडी तथा हिमाली भू-भागको एक दुइ स्थानमा हल्का हिमपातको संभाबना रहेको छ।
आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट