`

नेतान्याहुद्वारा आफ्ना लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने घोषणा

Nepal One HD २३ पुष २०८० ७:४८
विश्व

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेको छ । विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उहाँको उद्घोष छ ।

तीन महिनाअघि हमासले हाम्रो विरुद्ध भयानक नरसंहार गरेको थियो,” उहाँले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ। सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उहाँले बताउनु भएको छ ।

हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन, “नेतन्याहुले भन्नुभयो।उहाँले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।


प्रतिक्रिया