`

राष्ट्रियसभा निर्वाचन : कोसीमा कांग्रेसबाट सिटौला र माओवादीबाट कार्कीको उम्मेदवारी (भिडियो सहित)

Nepal One HD २३ पुष २०८० १३:०८
निर्वाचन विषेश

विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोसी प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओबादीबाट चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । सिटौलाको समर्थकका नेपाली कांग्रेसका हिमाल कार्की रहेका छन् भने प्रस्तावकमा प्रदिप सुनुवार रहेका छन् ।

यता, माओवादीका उम्मेदवार कार्कीको समर्थनमा नेपाली कांग्रेसका राम खत्री र प्रस्तावकमा माओवादीका गणेश उप्रेती रहेका छन् । सिटौला गत वर्ष प्रतिनिधीसभा निर्वाचनमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसंग पराजित भएका थिए ।
सत्तारुढ गठबन्धनको भागबन्डाअनुसार कोसीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भए अनुरुपनै उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता पछि सिटौलाले गठबन्धन दलहरु एक भएर लाग्ने र एक भएर अगाडी बढ्ने बताए ।

उनले पार्टी भित्रका विवाद पनि मिलाउने र आगामी दिनमा गठबन्धनलाई अझ बलियो बनाएर लैजाने दावी गरे । कोसीमा नेकपा एमालेले अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष उद्धव पौडेललाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया