`

दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्छ : मन्त्री गुरुङ

Nepal One HD २८ पुष २०८० १३:२१
राजनीति

काठमाडौँ / सहरी विकासमन्त्री सीता गुरुङले दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्ने बताएकी छिन् । डिप्लोमा इन्जिनियर्स एसोसिएसनले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले दिगो अर्थतन्त्रलाई स्थापीत गर्न र दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्ने र यसका लागि प्राविधिकहको भूमिका महत्वपूर्ण हुने बताएकी हुन् ।

उनले मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर कार्यान्वयनका लागि सवै पालिकाहरुमा पठाइएपनि प्रभावकारी ढंगले लागू हुन नसकेको धारणा राखिन् । उक्त बिषयमा नगरपालीका गाँउपालीका महासंघसंग बुझ्दा प्राविधिकको कमीका कारण कार्यान्वयनमा समस्या देखिएको पाइएको उनले बताइन् । उनले सरकारले बनाएका नीति नियम कार्यान्वयन गर्न कुनै न कुनै रुपमा आधार बसाल्नका लागि निष्कर्षमा पुग्नुपर्ने उल्लेख गरिन् ।

मन्त्री गुरुङले आयोजनाको अनुगमन र मूल्याङकनलाई प्रभावकारी बनाउन नसके र अभिलेखिकरण गर्न नसके बिकासलाई द्रूत गतिमा फड्को मार्न नसकिने जिकिर गरिन् ।


प्रतिक्रिया