राष्ट्रसङ्घको सिद्धान्तको पालना गर्न पाकिस्तान र इरानलाई चीनको आग्रह

विश्व

चीनले पाकिस्तान र इरानलाई संयमता अपनाउन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवै देशले संयुक्त राष्ट्रसङ्घको सिद्धान्तको पालना गर्नुपर्ने बताइन् । मंगलबार इरानले पाकिस्तानको सीमामा प्रवेश गरी आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाएर मिसाइल हानेको थियो ।
मिसाइल आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ । घटनापछि पाकिस्तानले इरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएर इरानका राजदूतलाई तेहरान फिर्ता पठाएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट