`

टाइगर कपमा महिलातर्फ एपीएफ र न्यु डायमन्ड फाइनल प्रवेश

Nepal One HD ४ माघ २०८० १६:२१
खेलकुद

गण्डकी । सशस्त्र प्रहरी बल (एपीएफ) र न्यु डायमन्ड युथ स्पोटर्स पोखरामा जारी चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लब ३–२ सेट र न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले गुमाएको एपीएफले पछिल्ला ३ सेटमा पुनरागमन गर्दै फाइनल प्रवेश गरेको हो । एपीएफले तेस्रो सेट २५–१२, चौथो सेट २५–१६ र पाचौं सेट १५–१३ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेमिफाइनलमा पुलिसलाई पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ लाई न्यु डायमन्ड फाइनल प्रवेश गरेका हुन् । उपाधिका लागि न्यु डायमन्ड र एपीएफले शनिबार खेल्नेछन् । तेस्रो स्थानका लागी पुलिस र आर्मीबिचको खेल शुक्रबार हुनेछ ।


प्रतिक्रिया