`

क्रिकेट खेलाडीलाई एनआरएनएको १० लाख सहयोग

Nepal One HD ६ माघ २०८० २२:३१
खेलकुद

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई १० लाख सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।

सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि पाँच लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एक करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको छ । साथै वैदेशिक रोजगारीका क्रममा कङ्गोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको २६ लाख ६१ हजार आर्थिक सहयोग गरेको सो अवसरमा जानकारी दिइयो ।


प्रतिक्रिया