पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु

समाचार

काठमाडौं – कैलालीमा पाँच तले घरको छतबाट हाम फालेका एक जनाको मृत्यु भएको छ। बुधबार धनगढीमा घरको छतबाट हाम फालेका ५३ वर्षीय व्यवसायी सन्तोष अग्रवालको उपचारको क्रममा मृत्यु भएको हो ।
उनले धनगढी उपमहानगरपालिका–४ बसपार्कमा सन्दीप स्टोर सञ्चालन गर्दै आएका थिए । अग्रवालले आज घरको छतबाट हाम फालेका थिए । हाम फाले लगत्तै उनलाई नवजीवन अस्पतालमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट