रुसमा सेनाको आलोचना गर्नेहरूको सम्पत्ति जफत गरिने


रुसी सेनाको आलोचना फैलाएको अभियोगमा दोषी ठहरिएका कुनै पनि व्यक्तिको धन, सम्पत्ति र मूल्यवान सामान जफत गर्न अधिकारीहरूलाई अनुमति दिने एक विधेयकलाई रुसी सांसदहरूले अनुमोदन गरेका छन् ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेलगत्तै मस्कोले आफ्नो सेनाको अपमानलाई अवैध बनाएको छ र त्यसयता द्वन्द्वका हजारौँ विरोधीलाई हिरासतमा राखेको छ । तल्लो सदन स्टेट ड्युमाले आफ्नो पहिलो वाचनमा पारित पछिल्लो उपायले असहमतिलाई अझ कठोर बनाएको छ र मुलुक छाडेर भागेका रुसीहरूलाई असर गर्नसक्छ ।
सेनाको बारेमा ‘झुटो सूचना’ फैलाएको आरोपमा पहिला नै अधिकतम १५ वर्षसम्मको कारागार सजायको प्रावधान छ । हालको कानूनअन्तर्गत आधिकारिक सरकारी स्रोतबाट नआउने युक्रेनमा भएको आपत्तिजनक जानकारीलाई ‘झुटो’ मान्न सकिन्छ र यसको प्रसार अभियोगमा मुद्दा लगाउन सकिन्छ । रुसी कट्टरपन्थी अधिकारीहरूले क्रेमलिनको सैन्य हमलाको आलोचना गर्नेलाई ‘देशद्रोही’ भन्दै कानूनलाई कडा बनाउन महिनौँदेखि आह्वान गर्दै आइरहेका थिए ।