`

आहा रारा गोल्डकपको उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्ने

Nepal One HD १८ माघ २०८० १८:१२
खेलकुद

पोखरा । पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको लागि त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच भिडन्त हुने भएको छ । बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । थ्रीस्टारले भने बुधबार नै जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

बिहीबार निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । थप गरिएको ३० मिनेटमा आर्मीले अरु एक गोल थपेपछि अन्ततः २–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।


प्रतिक्रिया