`

श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ

Nepal One HD २१ माघ २०८० ११:२२
अपराध

दाङ । दाङमा श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली श्रीमती र छोरा मारेको अभियोगमा पक्राउ परेका हन् ।

उनीमाथि २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको आरोप छ ।उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिए । श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा पुगेका थिए।


प्रतिक्रिया