बाँसबारी जग्गा घोटलाप्रकरणका आरोपी चौधरी रिहा

अपराध

काठमाडौ । बाँससबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । काठमाडौ जिल्ला अदालतको आदेशअनुरुप केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित आरोपी तीनै जनालाई रिहा गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो ।
सोमबार भने काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीहरुलाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट