माधव नेपालप्रति ओलीको रोष, अर्कोपल्ट चुनाव नजित्ने ठोकुवा
रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कोपल्ट माधव नेपालले चूनाव नजित्ने ठोकुवा गरेका छन् । बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई अव जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्कोपटक चूनाव नजित्ने बताएका हुन् ।
माधव नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियाबादीहरुको मतियार भएर अरुको सरकार बनाउदै पछि पछि हिडेको समेत बताए । अध्यक्ष ओलीले माधव नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवस माधव नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरे ।
माधव नेपालले आफुसंग बोलचाल छैन भन्दै हिडेको उल्लेख गर्दै ओलीले त्यसले आफुलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासंग बोल्न बन्द गर्न सुझाव दिए । त्यस्तै उहाले वर्तमान सरकारले देश र जनताका लागि कुनै नयाँ कार्यक्रम गर्न नसकेको र एमालेले सुरु गरेका निर्माणका कार्यहरुलाई समेत अवरुद्ध गरेको जिकिर गरे । उनले जनताको आशा अपेक्षा अनुसार जिम्मेवारीपूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा बिभिन्न दल आवद्ध कार्यकताहरु एमाले प्रवेश गरेका थिए ।
