१० महिनामा २ लाखभन्दा बढी स्वदेशी र विदेशी पर्यटकहरूबाट म्यानमारका सङ्ग्रहालय भ्रमण


सन् २०२३ को अप्रिल महिनाको शुरुदेखि सन् २०२४ को फेब्रुअरीसम्म २ लाखभन्दा बढी स्वदेशी पर्यटक र ४ हजारभन्दा बढी विदेशी पर्यटकले म्यानमारका विभिन्न सङ्ग्रहालयहरूको भ्रमण गरेका छन् । पुरातत्व विभाग र राष्ट्रिय सङ्ग्रहालयका सहायक निर्देशक विन पा पा माउले सिन्ह्वालाई यस बारे जनाकारी दिनु भएको छ ।
म्यानमारमा पुरातत्व विभाग र राष्ट्रिय सङ्ग्रहालयअन्तर्गत २९ वटा राष्ट्रिय सङ्ग्रहालय छन् । सो अवधिमा संग्रहालयहरूमा पर्यटक आगमनबाट ११० मिलियन क्याट्स (लगभग ५२ हजार ३८० अमेरिकी डलर) प्राप्त भएको थियो। यी सङ्ग्रहालयहरूमध्ये म्यानमारको राष्ट्रिय सङ्ग्रहालय (याङ्गुन), म्यानमारको राष्ट्रिय सङ्ग्रहालय (नेपी ताव), बागान पुरातात्विक सङ्ग्रहालय, मण्डले सांस्कृतिक सङ्ग्रहालयले सबैभन्दा बढी पर्यटकलाई आकर्षित गरेको उहाँले जानकारी दिनु भएको छ ।
विगतका वर्षको तुलनामा सङ्ग्रहालयमा धेरै पर्यटक आएकाले पर्यटनको प्रवाहमा बृद्धि हुँदा मुलुकको आम्दानीमा समेत वृद्धि भएको र संस्कृतिको संरक्षणमा टेवा पुगेको उहावको धारणा छ । उहाँले देशको इतिहास र संस्कृतिबारे जानकारी लिन युवाहरुलाई सङ्ग्रहालय भ्रमण गर्न आग्रह गर्नु भएको छ ।