तत्कालिन सेन्चुरी बैंकका सिईओ न्यौपानेसहित दश जना पक्राउ


काठमाडौँ । प्रहरीले ऋण अपचलन गरेको अभियोगमा तत्कालिन सेन्चुरी बैंकका सिईओ तथा हाल प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जनालाई पक्राउ गरेको हो ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । । उनीहरुमाथि अहिले छानबिन भइरहेको उनले बताए ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ रहेका छन् । प्रहरीले ऋण प्रवाह अनियमितता आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जनाएको छ ।