समान अधिकार नपाएसम्म राष्ट्रिय सभामा गतिविधि अघि बढाउन नदिने अडानमा पीटीआई


पाकिस्तानको सत्तारूढ गठबन्धनको कडा आलोचना गर्दै पाकिस्तान तेहरीक–ए–इन्साफका नेता जुनैद अकबरले आफ्नो पार्टीलाई उचित अधिकार प्रदान नगरेसम्म राष्ट्रिय सभाका गतिविधि अघिबढ्न नदिने बताउनुभएको छ । पूर्व प्रधधानमन्त्री खान निकटस्थ स्वतन्त्र सांसद्हरूको समूह सुन्नी इत्तेहाद काउन्सिल (एसआइसी) सदस्य तथा पीटीआई नेताले संसद्को तल्लो सदनमा आफ्नो भाषणमा राष्ट्रिय सभालाई चल्न नदिने बताउनुभएको हो ।
अकबरले आफूहरूले राष्ट्रिय सभालाई मान्यता नदिएको बताउदै कानून बनाउने तथा अनुमति दिने कुनै पनि कार्य गर्न नदिइने उल्लेख गर्नुभएको छ । इमरान खानद्वारा स्थापित पीटीआईले फेब्रुअरी ८ को आम चुनावको समयमा आफ्नो जनादेश चोरी भएको दाबी गर्दै उक्त चुनावलाई धाँधलीयुक्त चुनावको संज्ञा दिएको छ । निर्वाचन प्रयोजनका लागि बनेको कामचलाउ सरकारले चुनावको दौडानमा समान अवसर अस्वीकार गरेको आरोप लगाएको छ । अकबरले पाकिस्तान पिपुल्स पाटी सिन्ध हाउसमा राजनीतिक लेनदेनकोे बजार स्थापना गरी विधायकहरूकोे चेतना किनेको जनाउनुभएको छ । पिटिआईसँगको कथित भेदभावका उल्लेख गर्दै सांसदले मे ९ को घटनाको बहानामा आफ्नो पार्टीको चुनावी चिन्ह ‘ब्याट’ खोसेको र पटकपटक पार्टीका संस्थापक नेता खानको हत्या प्रयास गरिएको पनि उहाँले बताउनुभयो ।
मे ९ मा पीटीआईका करिब ३४ जना समर्थकको हत्या भएको बताउँदै खानले स्थापना गरेको पार्टीको नेतृत्वविरुद्ध विभिन्न झुट्टा मुद्दा दर्ता गरिएको पनि उहाँले बताउनुभयो । उहाँले आफु र आफ्ना साथीहरूविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरिएको भन्दै निर्दोष व्यक्तिविरूद्धका सबै मुद्दा खारेज हुनुपर्नेमा उहाँले जोड दिनुभयो । फेब्रुअरी ८ को आम चुनावमा भएको कथित धाँधलीको बारेमा कुरा गर्दै पीटीआई नेता अकबरले धारा ४५ अनुसार हार बेहारेका व्यक्तिलाई सदनमा लगिएको दावी गर्नुभयो । संविधानको उल्लङ्घन र देशलाई हानि पु¥याएको सत्ताधारी गठबन्धनलाई जवाफदेही बनाउने वाचा पनि उहाँले गर्नुभयो । पीटीआईले सरकार र पाकिस्तानका मुख्य न्यायाधीश काजी फैज इसालाई मे ९ को हिंसाको लाभार्थी पत्ता लगाउन नयाँ अनुसन्धान सुरु गर्न आग्रह गरेको जियो न्यूजले जनाएको छ ।