`

शालिन मृत्यु प्रकरण, बलात्कार पुष्टी भएन–मृत्युको कारण ‘ह्याङगिङ’

Nepal One HD २० फागुन २०८० १४:२६
अपराध

काठमाडौ । चितवनमा १४ वर्षीया शालिन पोखरेलको झुण्डिएको कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा उनी मृत अवस्थामा भेटिएकी थिइन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले चितवन प्रहरीलाई बुझाएका छन् ।
रिपोर्टमा उनको मृत्युको कारण ‘ह्याङगिङ’ भनिएको छ । परिवारले उनको बलात्कार पछि हत्या भएको आशंका गरेका थिए ।


प्रतिक्रिया