राष्ट्रियसभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयत्न रहन्छ–नवनिर्वाचित अध्यक्ष दाहाल
प्रमुख खबर
काठमाडौ । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभाको अधिकारक्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले कानून निर्माण लगाएतका बिषयमा राष्ट्रियसभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयत्न गर्ने समेत बताए । उनले चुनौतिलाइ अवसरको रुपमा लिएर काम गर्ने बताए । राष्ट्रियसभाले गर्ने सवै भूमिकालाई प्रभावकारी बनाउन सवै दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि उनले बताए ।
उनले आफुलाई निर्वाचित गर्ने सवै सदस्यहरुप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
