`

दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ

Nepal One HD ५ चैत २०८० १५:४५
अपराध

काठमाडौँ ।  नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । खड्का मेडिकल व्यवसायी दुर्गा प्रसाईंका  बडीगार्ड हुन् । 

उनले भने, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।”


प्रतिक्रिया