`

डेढ लाख घुससहित पोखरा महानगरका सब-इन्जिनियर पक्राउ

Nepal One HD २९ चैत २०८० ८:३९
अपराध

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पोखरा महानगरपालिकाको नगर कार्यापालिका कार्यालयमा कार्यरत सब–इन्जिनियरसहित दुईजनालाई पक्राउ गरेको छ ।

आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले सब–इन्जिनियरर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई बुधबार पक्राउ गरेको हो । उनीहरूले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउनका लागि सेवाग्राहीसँग घुसबापत १ लाख ५० हजार रूपैयाँ मागेको सूचनापछि अख्तियारको टोली परिचालित भएको थियो ।

टोलीले इन्जिनियर रोकायलाई पोखरा महानगरपालिका–५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका–८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् ।


प्रतिक्रिया