`

आँफैले घटाएको मन्त्रालय फेरी बढाए गण्डकीका मुख्यमन्त्री खगराजले

Nepal One HD २९ चैत २०८० १३:१२
प्रमुख खबर

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या बढाएका छन् । सत्ता साझेदार दललाई भाग पुर्याउनका लागि उनले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका हुन् । गत साल पुस २५ गते तत्कालिन मुख्यमन्त्री उनै खगराज अधिकारीले मन्त्रालयको संख्या धेरै भएको भन्दै १२ बाट घटाएर ७ मन्त्रालय बनाएका थिए ।

अहिले सत्ता साझेदार दललाई मिलाउनका लागि मन्त्रालयको संख्या बढाउनु परेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको हो ।


प्रतिक्रिया