`

श्रीलंकामा मोटर रेसको क्रममा कारले दर्शकलाई ठक्कर दिँदा सात जनाको मृत्यु

Nepal One HD १० वैशाख २०८१ ८:५४
विश्व

श्रीलंकामा मोटर रेसको क्रममा एउटा कार चिप्लिएर दर्शक दीर्घामा पुगदा सात जनाको मृत्यु भएको छ । घटनामा अन्य १८ जना घाइते भएका छन् । आइतबार दियातवाला शहरमा फक्स हिल सुपरक्रस कार्यक्रमका क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा चार जना रेस अधिकारीसमेत छन् ।

मोटर दौड श्रीलंकाको सेनाले आयोजना गरेको हो । एक लाखभन्दा बढी दर्शक उपस्थिते कार्यक्रम दुर्घटनापछि स्थगित गरिएको थियो । घटनास्थलमा मानिसहरुको भागाभाग भएको थियो ।

घाइतेमध्ये दुई जनाको स्थानीय सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया