`

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

Nepal One HD १४ वैशाख २०८१ १२:०९
अपराध

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानबाट सुनसहित सात भारतीयलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले सुनसहित नगद एक करोड ४३ लाखसमेत बरामद गरेको छ । सो रकम हुण्डीमार्फत ल्याएको प्रहरीले अनुमान गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया