रहेनन् ‘माइतीघर’का अभिनेता सीपी लोहनी

मनोरञ्जन

काठमाडौ । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा आज निधन भएको छ । अल्माइजर रोगबाट पीडित उनको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको हो ।
उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको कलाकार संघले जनाएको छ । लोहनी ‘माइतीघर’का गायक समेत थिए । उनको आजै पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट