`

रुसको बेलगोरोडमा युक्रेनी सेनाको गोलाबारी, १७ जना घाइते

Nepal One HD ३० वैशाख २०८१ १४:२८
विश्व

युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठूलो गोलाबारीपछि एक बालकसहित १७ जनालाई अस्पतालमा भर्ना गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन् ।

शनिबार साँझमा भएको ठूलो गोलाबारीपछि २९ जना प्रभावित भएका र त्यसमध्ये दुई महिलाको अवस्था नाजुक रहेको छ । चिकित्सकहरूले उनीहरूको जीवन बचाउनका लागि सक्दो प्रयास गरिरहेका गभर्नरले बताए । तीन सयभन्दा बढी अपार्टमेन्ट र धेरै सामाजिक संरचनामा क्षति पुगेको उनले जानकारी दिए ।


प्रतिक्रिया