`

जिबी राईको राहदानी रोक्का गर्न प्रहरीद्वारा विभागमा पत्राचार

Nepal One HD १ जेठ २०८१ १३:४७
अपराध

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईको राहदानी रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको हो । पत्रबारे अध्ययन गरी निर्णय लिने विभागको भनाइ छ ।

फरार रहेका राईलाई पक्राउ गर्नका लागि विभागले उनको राहदानीलाई कालोसूचीमा राखेको छ । राईविरूद्ध यसअघि नै इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको छ । उनी मलेसियामा लुकेर बसेको अनुमान छ । उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारी भनाइ छ । राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उनी ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत थिए ।


प्रतिक्रिया