`

जर्जियाका प्रधानमन्त्रीद्वारा इयु आयुक्तमाथि विवादास्पद कानूनमा ‘धम्की’ दिएको आरोप

Nepal One HD ११ जेठ २०८१ ७:१३
विश्व

टिब्लिसी। जर्जियाका प्रधानमन्त्री इराकली कोबाखिदजेले बिहीबार युरोपेली सङ्घ (इयु) का एक आयुक्तमाथि विवादास्पद ‘विदेशी प्रभाव’ कानूनमा ‘ब्ल्याकमेल’ अभियानको हिस्साका रूपमा ‘भयानक धम्की’ दिएको आरोप लगाउनुभएको छ ।ठूलो मात्रामा विरोध प्रदर्शन र अन्तर्राष्ट्रिय निन्दाका बाबजुद मुलुकको सत्तारूढ दलका सांसदहरूले आगामी साता विधेयकमाथि लगाइएको राष्ट्रपतिको भिटोलाई खारेज गर्ने अपेक्षा गरिएको छ ।

आलोचकहरूले यो कदमले असहमतिलाई दबाउन प्रयोग गरिने रुसी कानूनलाई प्रतिबिम्बित गर्ने बताएका छन् । ब्रसेल्सले भने यो इयुको सदस्यताका लागि टिब्लिसीको लामो समयदेखिको बोलीसँग ‘असङ्गत’ भएको चेतावनी दिएको छ ।उच्च दर्जाका राजनीतिज्ञहरूले भिटो उल्लङ्घन नगर्न ‘खुला ब्ल्याकमेलका बीच’ एक अनाम युरोपेली आयुक्तले आफूलाई ‘राष्ट्रपतिको भिटो उल्लङ्घन गरेमा पश्चिमी राजनीतिज्ञहरूले लिनसक्ने उपायहरूबारे तयार रहन भनेको’ प्रधानमन्त्री कोबाखिदजेले बताउनुभयो ।

यसलाई कोबाखिदजेले ‘भयानक धम्की’ भन्नुभएको छ । उहाँले फोन कलमा आयुक्तले स्लोभाकियाका प्रधानमन्त्रीमाथि हालै भएको हत्या प्रयासलाई सन्दर्भ गरेर ‘तपाईंले देख्नुभएको छ कि रोबर्ट फिकोलाई के भयो र तपाईं अत्यन्त सावधान रहनुपर्छ’ भनेको बताउनुभयो ।

“सावधानी उपायका रूपमा मैले जर्जियाली समाजलाई उक्त खतराका बारेमा सूचित गर्ने निर्णय गरेको छु”, उहाँले भन्नुभयो ।जर्जियाको सत्तारूढ पार्टीले मुलुकलाई इयुको सदस्यताको मार्गबाट हटाउने र पूर्वसोभियत मुलुकलाई रुसी कक्षातिर लैजाने व्यापक आरोपको सामना गर्नुपरेको छ । तथापि मुलुकको संविधानमा निहित र ८० प्रतिशतभन्दा बढी जनसङ्ख्याद्वारा समर्थित इयु र नाटोको सदस्यताका लागि प्रतिबद्ध भएको उक्त पार्टीले जोड दिएको छ । साथै उसले पश्चिमी मुलुकहरूमाथि युक्रेनविरुद्ध रुसको युद्धमा टिब्लिसी


प्रतिक्रिया