`

त्रिभुवन विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि उडान बन्द

Nepal One HD ११ जेठ २०८१ १३:०९
समाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू होल्ड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार रन वे –०२ को जमिन चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् ।

उनले खाल्डो परेको ठाउँमा मर्मतको काम भइरहेकाले एकघण्टा उडान अवतरण रोकेको जानकारी दिए । जसका कारण थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेज, मेलसियन एयरलाइन्स होल्ड गरिरहेका छन् ।


प्रतिक्रिया