न्युयोर्क आपराधिक मुद्दा धेरै अनुचित: ट्रम्प


अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आपराधिक सजायको निन्दा गर्दै न्युयोर्क मुद्दा ‘धेरै अनुचित’ रहेका बताएका छन् । उनले प्रक्रियालाई राजनीतिकरूपमा हमला गर्दै पुनरावेदन गर्ने वाचा गरे ।
“यो धेरै अनुचित थियो, हाम्रो पक्षका केही साक्षीहरूलाई के भयो तपाईंले देख्नुभयो, उनीहरूलाई साँच्चै नै सूलीमा चढाइयो”, उनले म्यानहट्टनमा ट्रम्प टावरमा एक सम्बोधनमा भने । उनले विरोधीहरूलाई ‘बिरामी’ र ‘फासिस्ट’ भएको बताए ।
पूर्वराष्ट्रपति ट्रम्पले फर्जी व्यावसायिक रेकर्डका ३४ मामिलामा आफ्नो सजायलाई चुनौती दिने वाचा गर्दै घोषणा गरे “हामी यो घोटालाविरुद्ध धेरै फरक कुरामा पुनरावेदन गर्दैछौँ ।”
आफ्नो कानूनी अधिकार थियो भन्दै उनले गवाही दिन चाहेको दाबी गरे । यद्यपि उनलाई यसको अनुमति दिइएन ।
नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पलाई अभियोजकहरूले सोधपुछ गरेको खण्डमा कानूनी र राजनीतिक खतरालाई बाहिर निकाल्ने सुझाव कानूनी पर्यवेक्षकहरूले दिएका थिए ।
उनले कानून स्थापना गर्न पाउँदा आफू ‘सम्मानित’ भएको तर यो आफ्नो परिवारका लागि अत्यन्त नराम्रो छ, यो मेरा साथी र व्यवसायहरूका लागि धेरै खराब भएको बताए ।