‘डान्स च्याम्पियन सिजन-२’ आइतबारदेखि सुरु हुँदै

मनोरञ्जन

काठमाडौं । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन-२’ आगामी आइतबारदेखि सुरु हुने भएको छ ।
आयोजक आइडीए स्टुडियोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ २७ गतेबाट ‘डान्स च्याम्पियन सिजन २’ प्रसारण हुने जानकारी गराएको हो ।
शो एपिवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजक आईडिए स्टुडियोले जनाएको छ । सिजन टु मा सहभागीले सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाउने जनाइएको छ ।
प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिटो पावर लगाउन सक्ने व्यवस्था रहेको उक्त शोको अडिसन राउण्ड सकिइसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट