`

अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली विजयी

Nepal One HD १ साउन २०८१ १७:०७
खेलकुद

काठमाडौं । एसीसी महिला एशिया कपका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो तथा अन्तिम अभ्यास खेलमा विजयी भएको छ ।

मंगलबार भएको खेलमा नेपालले श्रीलङ्का बोर्ड महिला विकास टोलीलाई २ रनले हरायो । नेपालले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का टोलीले २० ओभरमा १ सय १० रनमात्र बनाउन सक्यो ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । नेपालकी रुबिना क्षेत्रीले ३७ र विन्दु रावलले २० रन बनाइन् ।

श्रीलङ्का टोलीकी डी थेनाकले २ विकेट लिइन् । यसअघि नेपाली टोली पहिलो अभ्यास खेलमा ३३ रन र दोस्रो अभ्यास खेलमा ४ विकेटले पराजित भएको थियो ।

एशिया कप आगामी शुक्रबारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्नेछन् । नेपाल रहेको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । यस्तै समूह ‘बी’ मा, बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड छन् ।


प्रतिक्रिया