`

चीनको सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु

Nepal One HD ३ साउन २०८१ ११:१३
विश्व

काठमाडौं । दक्षिणपश्चिम चीनको सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । बुधबार साँझ दक्षिणपश्चिम चीनको एक सपिङ मलमा आगलागी हुँदा दर्जनौं मानिस भित्र फसेका थिए ।

मलमा फसेकामध्ये १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सिचुआन प्रान्तको सहर जिगोङको सपिङ मलमा साँझ ६ बजेतिर आगलागी सुरु भएको थियो । उद्धारकर्ताहरूले मलबाट ७५ जनाको उद्दार गरेका थिए भने घटनास्थलमा ११ वटा शव फेला पारेका छन् ।

आगो राति साढे आठ बजेतिर निभाइएको थियो । बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १६ पुगेको छ । निर्माण कार्यका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार बिहानसम्म ३९ जनाको स्वास्थ्य उपचार भइसकेको छ । प्रत्यक्षदर्शीहरूले सपिङ मलबाट ठूलो आगो र धुवाँ निस्केको देखेको बताए । उक्त भवनमा १४ तला रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया