युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

खेलकुद

काठमाडौं । एसीसी महिला टी २० एसिया कप क्रिकेटको पहिलो खेलमा युएईले नेपाललाई जितको लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । रंगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशाला टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको हो ।
युएईका खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। ३९ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। रिथिका राजित ६ र लावन्या केनी २ रनमा अविजित रहिन् ।
कविशा इगोडागो २२, समाइरा धरनिधर्क १३ र कप्तान इशा रोहित ओजाले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालका इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक विकेट लिइन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट