`

लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेको ट्रम्पको भनाइ

Nepal One HD ६ साउन २०८१ १६:१०
विश्व

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उदृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार गरिरहेका ट्रम्पले आफूमाथि भएको आक्रमणपछि पहिलो पटक चुनावी र्यालीलाई सम्बोधन गरेका हुन् । उनको साथमा रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उम्मेदवार जेडी वायन पनि थिए ।

उनले खचाखच भरिएको र्यालीस्थल ग्रान्ड र्यापिड्समा डेमोक्रेटले आफूलाई लोकतन्त्रका लागि खतरा भन्दै आएको बताएका थिए । उनले तालीको गडगडाहटबीच आफू ‘ह्वाइट हाउस फिर्ता लिन’ तयार रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत साता भएको आक्रमणको अनुसन्धान भइरहेको छ । आक्रमणमा गोलीले ट्रम्पको कानमा लछारेको थियो ।

गत शनिबार ट्रम्प कानमा पट्टी बाँधेर रिपब्लिकन नेसनल कन्भेन्सनमा पुगेका थिए ।


प्रतिक्रिया