काभा भलिबलमा रसियन टोलीसँग नेपालको लगातार दोस्रो हार

खेलकुद

काठमाडौं । काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग लगातार दोस्रो हार बेहोरेको छ । सोमबारे भएको दोस्रो खेलमा ३–० को सोझो सेटमा पराजित हुँदै नेपालले दुई खेलको मैत्रीपूर्ण सिरिज २–० ले रसियालाई सुम्पिएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलको पहिलो सेट २५–१४ ले गुमाएको नेपालले दोस्रो सेटमा कडा प्रतिस्पर्धा गरेपनि २५–२३ ले गुमायो ।
तेस्रो सेटमा पनि रसियालाई बलियो चुनौती पेश गरेपनि २५–२२ ले सेट सुम्पिँदै नेपाल पराजित भएको हो । यसअघि आइतबार भएको पहिलो खेलमापनि नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट