श्रीलङ्काको पूर्वी प्रान्तमा बारुलाको आक्रमणपछि ४२ विद्यार्थी अस्पताल भर्ना

विश्व

श्रीलङ्काको पूर्वी प्रान्तको किनिया प्रहरी डिभिजनको एक विद्यालयका कम्तीमा ४२ विद्यार्थीलाई मङ्गलबार बारुलाले आक्रमण गरेपछि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
विद्यालय भवनको छतमा रहेको बारुलाको गुँडमा भएको गडबडीपछि उक्त घटना भएको प्रहरीले जनाएको छ ।
विद्यार्थीहरूलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको र उनीहरूको उमेर १० देखि १५ वर्षको बीचमा रहेको बताइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । श्रीलङ्कामा बारुलाको आक्रमणहरू सामान्य हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट