`

हुम्लामा ट्र्याक्टर दुर्घटना दुई जना घाइते

Nepal One HD १६ साउन २०८१ २१:१६
समाज

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्र्याक्टर ट्रनिङ नपुगेर चिप्लिँदा सडकभन्दा ५० मिटरभन्दा तल खसेको छ ।

सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका २७ वर्षीय धनबहादुर सुनार उनका सहयोगी (सहचालक) सिमकोट गाउँपालिका–२ ठेहे गाउँका प्रिती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

घाइते दुवै जनालाई जिल्ला अस्पताल हुम्लामा पु-याएर उपचार भइरहेको प्रहरी निरीक्षक चन्दले बताए । चालक सुनारको घाँटीमा र सहयोगी प्रितीको ढाड, टाउँको र दाँहिने हातमा चोट लागेको छ ।


प्रतिक्रिया