एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

प्रमुख खबर

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचै जनाको मृत्यु भएको छ । प्रहरीले घटनास्थलमा चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रवेशीतर्फ उडेको एयर डाइनेष्टीको हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा दुर्घटनामा परेको हो । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।
‘घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्’, उनले भने । हेलिकप्टर बुधबार दिउँसो काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक थिए ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट