वेस्ट ब्याङ्कका इजरायली बस्तीमा आगजनी


बीबीसी । गाजामा इजरायलले बस्ती बसाएका ठाउँका दर्जनौँ मानिसहरूले इजरायली नियन्त्रणमा रहेको वेस्ट ब्याङ्कमा स्थानीयका घर र कारहरूमा आगजनी गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
घटनामा एक जना मारिएको प्यालेस्टाइनले बताएको छ। इजरायलले बस्ती बसाएका ठाउँका मानिसहरूले नब्लुस सहर नजिकैको जिट गाउँमा ढुङ्गा र पेट्रोल बम प्रहार गरेको इजरायलीली डिफेन्स फोर्सले जनाएको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले २० वर्ष आसपासका एक जना स्थानीयको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको जनाएको छ । इजरायली सेनाले क्षतिको विवरण अध्ययन भइरहेको बताएको छ।
इजरायली राजनीतिक नेतृत्वले घटनाको निन्दा गरेका छन् र दोषीमाथि कारबाही गर्ने वाचा गरेका छन्। इजरायली सेनाका अनुसार जिटबाट एक जना इजरायली नागरिक पक्राउ परेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले आपराधिक घटनामा संलग्न जो सुकैलाई पक्राउ गरिने र कारबाही गरिने बताएका छन्।
इजरायलका राष्ट्रपतिले पनि कठिन परिस्थितिमा इजरेलको बदनाम गरिएको भन्दै प्रशासनलाई तत्काल कदम चाल्न भनेका छन् ।