नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

खेलकुद

काठमाडौँ । नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
नेपालको जितमा गोलकिपर जियारथ शेखले पेनाल्टी सुटआउटमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई साफ यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुर्याएका हुन् । निर्धारित समयमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट