`

पाकिस्तानको खैबर प्रान्तमा भएको भिडन्तमा चार सैनिक र २५ आतङ्ककारीको मृत्यु

Nepal One HD १२ भदौ २०८१ ६:२७
विश्व

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा पछिल्लो सात दिनमा भएको छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र २५ आतङ्ककारी मारिएका सेनाले जनाएको छ ।

सुरक्षा बलहरूले केपीको खैबर जिल्लामा खुफियामा आधारित अपरेसन सञ्चालन गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्तिमार्फत बताएको छ

अपरेसनका क्रममा सुरक्षा बलहरूले एक प्रमुख सदस्यसहित २५ आतङ्ककारीलाई मारेको र ११ जना आतङ्ककारी घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

तथापि अपरेसनका क्रममा चार सैनिकले पनि ज्यान गुमाएको आइएसपिआरले जनाएको छ ।

अपरेसनमा आतङ्ककारीहरूलाई भएको भारी क्षति पाकिस्तानबाट आतङ्कवादको खतरा हटाउन सुरक्षा बलहरूको प्रतिबद्धताको प्रमाण भएको सेनाले बताएको छ ।

सोमबार पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शृङ्खलाबद्ध आक्रमणमा सुरक्षाकर्मीहरूसहित कम्तीमा ५३ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका अधिकारीहरूले जनाएका छन् ।


प्रतिक्रिया