`

नेप्सेमा १३ अर्ब ५७ करोडको कारोबार

Nepal One HD १८ भदौ २०८१ १५:३६
अर्थ समाचार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ६ दशमलव ९० अंकले बढेर २८३०.१६ अंक कायम भएको हो ।

आज ३२८ कम्पनीको ३ करोड ५ लाखभन्दा बढी कित्ता सेयर १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २८९ रुपैयाँमा खरिदबिक्री भएको छ। आज १२ कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट लाग्यो ।

एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इस्नर्ट हाइड्रोपावर, सप्तकोशी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो ।

५ वटा उपसमूह बढ्दा बाँकी समूहमा गिरावट देखियो। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ४.७८ ले बढेको छ। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स अग्र स्थानमा रह्यो । आइतबार घटेको बजार सोमबार भने १२७.३२ विन्दुले बढेको थियो।


प्रतिक्रिया